माधव नेपालको पार्टी चुनावपछि समाप्त हुन्छः एमाले अध्यक्ष ओली
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि माधवकुमार नेपालको पार्टी समाप्त हुने जिकिर गरेका छन् । शनिबार कैलालीमा भएको चुनावी सभामा उनले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताएका हुन् ।
उनले भने ‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीको भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ’ । एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको पनि ओलीले दावी गरे । ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलि अलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन्’ ओलीले भने ।
ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने जिकिर गरे । ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झेलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन’ ओलीले भने ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #माधवकुमार नेपाल
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्