मध्यरातमा नाइट क्लबमा ओली, सार्वजनिक गरियो ‘र्याप’ गीत
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति ठमेलस्थित एक ‘नाइट क्लब’ पुगेका छन् । अध्यक्ष ओली शुक्रबार मध्यरातमा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) क्लब गएका हुन्।
एलओडी पुगेर ओलीले आफ्नो बखानमा बनेको र्याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गरेका थिए । यो र्याप गीत यूट्युबमा एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।
शुक्रबार नै ‘केपी बा’ नामको अर्को र्याप गीत पनि सार्वजनिक भएको थियो। ओलीले ‘युवालाई मन पर्ने र्याप गीत सार्वजनिक गर्न’ आफू एलओडी पुगेको सामाजिक सञ्जालमा लेखेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा ओली निक्कै सक्रिय देखिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #नाइट क्लब
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्