सकियो यसबर्षको रुकुमपश्चिमको प्रसिद्ध डिग्रे मेला, यसरी मनाइयो सगाल नाच
काठमाडौं । रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा हरेक वर्ष हरिवोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला मंगलबार सकिएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा अवस्थित डिग्रे शाईकुमारीको मन्दिर परिषरमा भव्य मेला लागेको हो । यस मन्दिरमा वर्षैभरी पुजापाठ तथा बलि दिईन्छ ।

यो वर्ष मन्दिरमा करिब ११ सय बोकाको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेला अवधिमा बिहान सबेरैदेखि साँझ अबेरसम्म पनि मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भिड लाग्ने गरेको छ । एकादशी देखि पूर्णिमासम्मको ५ दिनलाई भने विशेष महत्वका साथ लिने गरिन्छ । मन्दिरमा पुजापाठ, दर्शन र बलि दिनाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ । मेला भर्न र मन्दिरको दर्शन गर्न छिमेकी जिल्लाहरु रुकुम पूर्व, सल्यान, रोल्पा, जाजरकोट, दाङ, बाँके, सुर्खेत समेतबाट दर्शनार्थीहरु आउने गर्दछन् ।
मेलामा स्थानीय साँखवासीहरुले लठ्ठीसहित प्रदर्शन गर्ने परम्परा छ । गाउँबाटै बाजागाजा सहित हातमा लठ्ठी बोकेर नाच्दै डिग्रे मेला पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे शाइकुमारी भगवतिको दर्शन गर्दै उनिहरु मन्दिर परिसरमा गएर नाच्ने गर्दछन् । मन्दिर मुनिको प्रांगनबाट उनिहरु पुनः मन्दिरमा पुगि दर्शन गर्दै नाच्ने गर्दछन् । ३ पटक तलमाथि गर्दै नाचेपछि यो नाच र मेला समापन भएको मानिन्छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एकादशी देखि पूर्णिमासम्म, #डिग्रे मेला
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्