गुल्मी क्षेत्र नम्बर २ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?
काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । सत्ता गठबन्धनको साथ पाएकी रामकुमारी झाँक्री र निरन्तर चुनाव लडेका गोकर्ण विष्टबीचको चुनावी भिडन्त रोचक बन्ने देखिन्छ । २०५६ देखि निरन्तर चुनाव लड्दै आएका नेकपा एमालेका सचिव गोकर्ण विष्ट र उनका पूर्वसहकर्मी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच गुल्मी क्षेत्र नम्बर २ मा चुनावी प्रतिष्पर्धा हुँदैछ ।
हालसम्म प्रतिस्पर्धा गरेका चुनावमध्ये २०६४ सालको पहिलो संविधानसभा चुनाव बाहेक अन्य चुनाव जितेका गोकर्ण विष्ट उच्च मनोबलमा साथ चुनावी मैदानमा उत्रिदा सत्ता गठबन्धनको बलियो साथ पाएकी झाँक्री पनि उत्तिकै बलियो प्रतिष्पर्धी हुन । एमाले र नेकपा एसकाको दुबै सचिवको चुनावी भिडन्तलाई चासोका रुपमा हेरिएको छ ।
अघिल्ला चुनावमा गोकर्ण विष्टकै लागि मत माग्दै हिडेकी रामकुमारी झाँक्री अहिले उनै बिष्टलाई हराउन दौडधुप गरिरहेकी छन् । तर, विष्ट भने आफनो प्रतिष्पर्धी नै कोही नभएको भन्दै विगतको भन्दा बढी २५ हजार मतान्तरले विजय हुने दाबी गर्छन । सत्तारुढ गठबन्धनको साथ र आफ्नो राष्ट्रिय छविका कारण झाँक्री पनि चुनाव जित्ने विश्वासमा छिन् ।
झाँक्रीलाई चुनावमा आफैंले जित्नुपर्ने र एमाले विभाजन गरेर बनेको नयाँ पार्टीलाई स्थापित गर्नुपर्ने चुनौती छ । झाँक्रीले एमाले पार्टी फुटाउन उक्साउने तर पछि साथ नदिने विष्टलाई जनताले चिनेको बताउँछिन । दुबै नेता मतदातालाई आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्रमै विभिन्न कार्यक्रम गरिरहेका छन् । चुनावी कार्यक्रमहरुमा विष्ट र झाँक्री दुबैले एक अर्काबारे विभिन्न टिकाटिप्पणी गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा वडास्तरको मत हेर्दा एमालेको ३१ हजार २५३ कांग्रेसको २९ हजार ८२१, माओवादी केन्द्रको १ हजार ८४१ मत छ । एकीकृत समाजवादीले भने ६५८ मत पाएको थियो । राष्ट्रिय जनमोर्चाको ५६ मतसमेत जोड्दा गठबन्धन एमालेभन्दा १ हजार १२३ मतले अघि छ । गठबन्धन गर्दा समेत थोरै मतको अन्तरदेखिदा विष्ट र झाँक्रीको निक्कै कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गुल्मी क्षेत्र नम्बर २, #गोकर्ण विष्ट, #रामकुमारी झाँक्री
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्