Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

स्वतन्त्र व्यक्ति राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने रवि लामिछानेको घोषणापत्र


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव अघि सारेको छ । बिहीबार सो पार्टीको सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र) मा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो ।

वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा जनाइएको छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ । यस्तै, प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।

पार्टीले ठूला दलहरूमा नातावादमा लिप्त भएको निष्कर्ष पनि निकालेको छ । स्वतन्त्र पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूबारे टिप्पणी गरिएको छ । ‘यी दलहरूलाई एकै समूहमा राख्नु उत्तम हुन्छ । त्यसका अतिरिक्त फरक-फरक सिद्धान्त र वादहरू पछ्याउने भनिए पनि व्यवहारतः कुनै पनि दल अर्को दलभन्दा फरक देखिँदैनन् पनि  कार्य, गतिविधि, संरचना, कार्यकर्ता, नेता कसैलाई पनि अलग(अलग राखेर हेर्दा एकबाट अर्को छुट्याउनै सकिँदैन ’, बाचापत्रमा लेखिएको छ ।

‘पदीय बाँडफाँट तथा टिकट वितरणमा प्रारम्भिक निर्वाचनजस्तो लोकतान्त्रिक प्रकिया नपछ्याएर चाकडी, दाइले भाइलाई छान्ने अनि भाइले दाइलाई छान्ने जस्तो नातावाद र कृपावादमा आधारित कार्यकर्ताको आधिकारिकता वितरण, राजनैतिक पदहरूमा बहाली र टिकट वितरण भएकाले दलहरूभित्र व्यवहारमा लोकतन्त्रको प्रयोग हुन सकेको छैन’ घोषणापत्रमा उल्लेख छ । ठूला दलबाट राज्यसत्ता सञ्चालनले मुलुकको लोकतान्त्रिक व्यवस्था नै जोखिमपूर्ण बनाएको पनि आरोप पनि लगाइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #वडाअध्यक्षदेखि संघीय संसद, #वंशज नेपाली

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं