सत्ता गठबन्धनले तोक्यो देशैभरि आधिकारिक उम्मेदवार,१४ स्थानमा भत्कियो गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफल मार्फत निष्कर्षमा पुर्याउने बताएका हुन् ।
बाँकी ठाउँमा गठबन्धनका साझा उम्मेदवार तय गरिएको शीर्ष नेताले बताएका छन् । गठबन्धनको सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलहरूले आ–आफ्ना उम्मेदवार उठाएका छन् । गठबन्धनका सहमतिका उम्मेदवारको सूची समेत सार्वजनिक गरिएको छ । केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने पनि बिज्ञप्तीमा जनाइएको छ ।
एउटै क्षेत्रबाट दुई दलका उम्मेदवारले उम्मेदवारी दिएपछि सत्तारूढ दलले प्रतिनिधिसभा र प्रदेशसभाका १४ सिटका लागि मित्रवत प्रतिस्पर्धा गर्ने भएको हो । प्रतिनिधि सभाका लागि धनुष –२ मा कांग्रेस र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । सर्लाही–१ मा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै काठमाडौँ–१० मा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने भएको हो ।
यस्तै प्रदेशसभा तर्फ सर्लाही १ को क, महोत्तरी २ को ख, बारा १ को ख, पर्सा ३ को ख, काठमाडौँ ३ को ख, काठमाडौँ ५ को ख, काठमाडौँ १० को क, काठमाडौँ ६ को ख, बाँके २ को क, बाँके २ को ख, कन्चनपुर २ को ख र कन्चनपुर ३ को क मा सत्तारुढ दलबीच प्रतिस्पर्धा हुने भएको हो । यस्तै ५ ठाउँमा भने अझै छलफल चलिरहेको नेताहरुले बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #सत्ता गठबन्धन, #साझा उम्मेदवार, #सीट बाँडफाँट
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्