Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

निर्वाचन आयोगद्धारा आचारसंहिता कार्यान्वयनमा कडाई, अहिलेसम्म ५४ जनालाई स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन लागु गरेको आचारसंहिता कडाइका साथ कार्यान्वयन गरेको जनाएको छ । आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेत गराउँदै आएको छ । अहिलेसम्म आयोगले आचारसंहिता उल्लङ्घन गर्ने ५४ जनालाई स्पष्टिकरण सोधिसकेको छ । अहिले आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति र निकायप्रति आयोग स्पष्टीकरण सोधिरहेको छ । असोज १२ देखि लागु भएको आचारसम्हिता पालना गराउन आयोगले हरसम्भव प्रयास गरिरहेको छ ।

आयोगले पूर्वप्रधानमन्त्रीदेखि विशिष्ट व्यक्ति एवं विभिन्न निकायलाई स्पष्टीकरण सोध्ने र आचारसंहिताबारे आवश्यक निर्देशन र सचेत गराइरहेको छ । गत साता मात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आयोगले स्पष्टिकरण सोधेको थियो । त्यसअघि आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । आयोगले निर्वाचन घोषणा भएर आचारसम्हिता लागु भएदेखी अहिलेसम्म ५४ वटा स्पष्टीकरण सोधिसकेको छ । यसरी स्पष्टीकरण सोधिएकामा राजनीतिक दल, व्यक्ति र संस्था रहेका छन् ।

स्पष्टीकरण सोधिएकामध्ये ३८ जनाको जवाफ प्राप्त भएको बुझिएको छ् । हालसम्म सोधिएका स्पष्टीकरण अधिकांश २४ घण्टाको अवधि दिएर सोधिएको छ । आयोगले विभिन्न माध्यमबाट जानकारी र आफ्नै सम्यन्त्रको माध्यमबाट आएका सुचना र प्रमाणको आधारमा स्पष्टीकरण सोध्ने गरेको छ । आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई बाढीपीडितका नाममा चामल वितरण गरेको सम्बन्धमा २४ घण्टे स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र ६ का प्रतिनिधिसभाका उमेदवार शिशिर खनाललाई स्पष्टीकरण सोधिएको थियो । त्यसैगरी आचारसंहिता उल्लंघन हुने गरी प्रचार–प्रसार गरेको भन्दै बारा क्षेत्र नं ४ का कृष्णकुमार श्रेष्ठ , भक्तपुर क्षेत्र नं २ का उमेदवार दुर्लभ थापा , बझाङका उम्मेद्वार ऐनबहादुर महरलाई पनि स्पष्टीकरण सोधेको थियो । अयोगले कात्तिक ७ गते निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउनु सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएकाले निर्वाचन प्रचारप्रसारका सम्बन्धमा निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको थियो ।

त्यस्तै आयोगले राजनीतिक दल तथा उमेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको थियो । निर्वाचन आचारसंहिताविपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानुनबमोजिम जरिबाना तथा उमेदवारी खारेजसम्मको सजाय हुनसक्ने व्यवस्था भएकाले राजनीतिक दल तथा उमेदवारहरूले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरूलाई समेत पालना गर्न लगाउन निर्देशन दिइएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #३८ जनाको जवाफ प्राप्त, #आचारसंहिता कडाइ, #निर्वाचन आयोग

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं