तिहारको रौनकले राजनीतिक गतिबिधि शून्य, शुक्रबारदेखि प्रचार–प्रसारले गति लिने

काठमाडौं । चुनाव नजिकिएसङ्गै राजनीतिक दल र उम्मेद्वारलाई मतदाता रिझाउन समय नै पुग्दैन । अरुबेला आफ्नो निर्वाचन क्षेत्रमा नाकमुख नदेखाउने नेताहरु अहिले घरघर पुग्ने, घरमा नभेटिए खेतबारी सम्म नै पुगेर मतदातालाई फकाउने गर्छन । तर हिजोअस्तीसम्म निकै राजनीतिक चहलपहल भए पनि बिहीवार भने उम्मेद्वार र राजनीतिक दल चाडबाडको मुडमा मस्त देखिए ।
निर्वाचन आयोगले १५ दिन अगाडि मात्र चुनावको प्रचारप्रसार गर्न तथा आमसभा गर्न पाइने आचारसम्हिता बनाएपछी केही सुनसान जस्तो बनेको चुनावी प्रचार, बिहीवार ठप्पै भयो । विभिन्न ठाउँमा पुगेर प्रशिक्षाणको नाममा चुनावी प्रचार गर्ने, आन्तरिक छलफललाई तिब्रता दिने गरिएपनी भाईटिकाको दिन सबैले चुनावलाई छाडेर भाईटिका लगाएर पारिवारिक माहौलमा समय बिताए । प्रधानमन्त्री शेर बहादुर देउवाले टिका नलगाए पनि फुर्सदिला जस्तै देखिए ।
कतै पनि राजनीतिक कार्यक्रम र छलफल नभएपछी उनी बालुवाटार मै समय बिताए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले टिका नलगाए पनि कुनै राजनीतिक कार्यक्रम नभएकाले फुर्सद मै दिन बिताए । त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन । भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा ओलीले दिदीबहिनीबाट भाइटीका लगाए । उनि चुनावी प्रचारमा झापा पुगे पनि सबै चुनावी अभियानलाई रोकेर भाईटिका कै लागि काठमाण्डौ आएका थिए ।
त्यस्तै अन्य नेताहरुले टिका नभए पनि कुनै राजनीतिक कार्यक्रम भने गरेनन । चुनाव मिती नजिकिदै जादा पनि पर्वका कारण राजनीतिक चहलपहल भएन । फेरी १३ गते छठ पर्व भएकाले तराइ क्षेत्रका नेता तथा उम्मेद्वारहरु पनि पर्व मनाउन व्यस्त हुने देखिन्छ । त्यसपछी राजनीतिक दल तथा उम्मेद्वारहरुले घोषणापत्र, सन्कल्पपत्र घोषणा गरेर चुनावी माहोल बनाउन ब्यस्त हुनेछन ।
१८ गते पछी बल्ल आमसभाहरु गर्न पाइने भएकाले सो दिन भन्दा अगाडि घोषणापत्र तयार गरेर अगाडि बढ्नेछन । यसरी चुनावको मुखमा पर्व परेकाले राजनीतिक दल र उम्मेद्वारलाई मतदाता भेट्न जाने, कार्यक्रम गर्ने लगायतका चुनावी प्रचार गर्न पर्वकै कारण सुनसान देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्