भूमिगत टुकुचा उत्खनन् गर्न नपाइने,मेयर बालेनको निर्णयमा लाग्यो धक्का
काठमाडौं । काठमाडौंको हात्तीसारमा टुकुचा खोला उत्खनन् गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले भूमिगत संरचना खोतल्ने क्रममा भेटिएको टुकुचा राणाकालीन संरचना भएको पुष्टि भएसँगै टुकुचा थप खोतल्न नपाइने भएको छ ।
अब महानगरपालिकाले भूमिगत संरचना खोजीका लागि चलाएको डोजर टुकुचामा चलाउन नपाइने भएपछि मेयर बालेन साहलाई धक्का लागेको छ । पुरातत्व विभागले टुकुचामा महानगरले डोजर चलाएपछि थप अध्ययन गरेको थियो। हात्तीसारमा भेटिएको टुकुचा उत्खनन्को साटो संरक्षण र संवर्द्धन गर्नुपर्ने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
आगामी दिनमा महानगरपालिकाले भूमिगत संरचना खोजी गर्दा यसलाई क्षति नहुने गरी गर्नुपर्ने उनले बताए । नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म भूमिगत रूपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार इँटा र सुर्की चुना प्रयोग गरेर सुरुङ निर्माण भएको छ। प्रयोग भएको इँटामा श्री–३ वीर लेखिएको भेटिएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #टुकुचा खोला, #मेयर बालेन साह
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्