जरिवाना उठाउन निर्वाचन आयोगको ताकेदा, नबुझाउनेलाई बन्दसूचीबाट हटाउने तयारी
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीमा परेर जरिवाना नबुझाएका उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।
गत ३१ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाएर तोकिएको जरिवाना नतिर्ने उम्मेदवारलाई बन्दसूचीबाट हटाउने निर्णय आयोगले यसअघि गरेको थियो । सोही निर्णय अनुसार आयोगले हिजोसम्म जरिवाना बुझाउने समय दिएको थियो ।
उम्मेदवार भएर खर्चको विवरण नबुझाएका ४ सय ८ जनाको नाम आगामी निर्वाचनमा सहभागी गराउनका लागि राजनीतिक दलले समानुपातिककको बन्दसूचीमा पेस भएको थियो । त्यसमध्ये केहीले आयोगलाई जरिवाना तिरिसकेका छन् भने धेरैजसोले तिर्न बाँकी छ । जरिवाना नतिर्ने उम्मेदवारहरुलाई समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने तयारी आयोगको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उम्मेदवारलाई कारबाही, #निर्वाचन आयोग, #बन्दसूची
ताजा खबर
- १एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
- २मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली
- ३रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
- ४एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित
- ५महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ्छः गगन थापा



तपाईको कमेन्ट लेख्नुहोस्