सन्दीप लामिछाने तिहारभर हिरासतमै रहने, थप २ दिन राख्न अदालतको अनुमति

काठमाडौं । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो चौथो पटक म्याद थपिएको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।
असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी पेश गरेका थिए । यससँगै सन्दीप तिहारसम्म हिरासतमै रहने भएका छन् । भोलिबाट अदालत बिदा हुने भएकाले उनी तिहारसम्म हिरासतमै रहने निश्चित भएको हो । तिहार लगत्तै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता हुनेछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जिल्ला अदालत काठमाडौँ, #सन्दीप लामिछाने
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्