दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँंको मिति र स्थान तय गरेको हो।
नवौं राष्ट्रिय खेलकुद आज सकिन लागेको छ । दशौँं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको हो । उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी छ । बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए।
मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ। यस्तै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी गरेका थिए। बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद समापनका अवसरमा दशौँं राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा हस्तान्तरण गरिनेछ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेश, #दशौँ राष्ट्रिय खेलकुद
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्