चुनावी प्रचार–प्रसारका सबै ब्यानर तुरुन्त हटाउन निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देशन दिएको छ ।
सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको ‘भर्चुअल’ बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिए । उम्मेदवारले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचार–प्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न आयोगका सचिव दुवाडीले आग्रह गरेका थिए ।
ब्यानरको दुरुपयोग भइरहेकाले हटाउन सम्बन्धित उम्मेदवारलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउन पनि उनले आग्रह गरे।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #प्रमुख जिल्ला अधिकारी, #ब्यानर तत्काल हटाउन
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्