निर्वाचन कार्यतालिकाः एक बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने, त्यसपछि चुनाव चिह्न प्रदान
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि दिउँसोसम्म मनोनयन फिर्ता लिने समय दिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन्।
आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली पनि सार्वजनिक गर्ने भएको छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्नेछ। अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्।
पार्टीका आधिकारिक उमेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उमेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #प्रतिनिधिसभा तथा प्रदेशसभा, #मनोनयन दर्ता
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्