राष्ट्रिय मुद्रा संग्रहालयमा प्रर्दशनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गरेका छन् । राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष उद्घाटन गर्दै मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत मुद्रा संग्रहालय पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताए ।
देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै उनले नेपालको इतिहास दर्शाउने मुद्राहरुको संकलन गरी संग्रहालयको रुपमा विकास गरिनु महत्वपुर्ण उपलब्धी भएको बताए । नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
मुलुकको इतिहास संग्रहालयमा देखिने भएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले संग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताए । संग्रहालयमा संकलित मुद्राहरुलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने ईसापूर्व पाँचौं शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरु संग्रहालयमा राखिएको छ ।
संग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरहरुको माला तथा औंठीहरु पनि प्रदर्शनमा राखिएको छ । छाला तथा माटोका मुद्राहरु संग्रहालयको आकर्षणको रुपमा रहेको छ । संग्रहालयमा राखिएका मुद्राहरु सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियम आदी धातुबाट बनेका छन् । संग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा सानो मुद्राको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत सुचिकृत भएको राष्ट्रिय मुद्रा संग्रहालय प्रमुख प्रतिमा रञ्जितले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जीवनराम श्रेष्ठ, #पर्यटन तथा नागरिक, #संस्कृति
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्