स्थानीय तहको समृद्धिको आधार सहकारी हो, समन्वय गरौ : नगरप्रमुख रेग्मी
स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाले बिहीवार पुतलीबजारमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख रेग्मीले यस्तो बताएका हुन ।
ग्रामिण क्षेत्रमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिदै उनले सहकारीको पुँजी र प्रविधिलाई जनताको आयआर्जनमा लगाउन सुझाव दिए । कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले दुर्गम क्षेत्रमा बस्ने जनताको वित्तीय पहुँचको क्षेत्र सहकारी भएकाले सहकारीको सञ्चालन प्रक्रियालाई थप व्यवस्थित गराउदै सेवा सुविधालाई प्रविधिमैत्री र सदस्य केन्द्रीत बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, जिल्ला कफि सहकारी संघका अध्यक्ष फनिनारायण अर्याल, जिल्ला सहकारी संघ स्याङ्जाका कोषाध्यक्ष शिव वाग्ले, जिल्ला वचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष अनन्त कुमार श्रेष्ठ, पुतलीबजार नगरपालिका सहकारी शाखाका प्रमुख विष्णुप्रसाद भुषाल, आधिखोला गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णप्रसाद पोखरेल लगायतले सहकारी अभियानका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए । बैंकका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षता राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धितालको सञ्चालन र पुतली बजार शाखाका प्रमुख पुष्पा क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष सूर्य कुँवर, #तुलसीराम रेग्मी, #सहकारी क्षेत्र, #स्थानीय तह
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्