निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले लगाए सहकर्मी र नेताहरुमाथि आरोपै–आरोप, ६ प्रश्न मात्रै सोधियो
	
				
			काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई दिनमा सांसदका ६ प्रश्न पार गरेका छन् । अझै धेरै प्रश्नको सामना गर्न बाँकी नै छ । तर ससदको कठघरामा रहेका उनले प्रश्नको जवाफ दिने भन्दा पनि आफूलाई महाभियोग प्रक्रियासम्म पु¥याउनेहरुमाथि नै प्रश्न उठाएका छन् । उनले आफूमाथि लगाईएको महाभियोग अबैधानिक भएको आरोप समेत लगाएका छन् । बुधवार ४ वटा प्रश्नको जवाफ दिएका राणाले बिहीवार थप दुई प्रश्नको जवाफ दिएका छन् ।
बुधवार बयानका क्रममा उनले ललिता निवासको फैसला अन्तिम चरणमा रहेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले आफूमाथि महाभियोग लगाईएको आरोप लगाएका थिए । उनले आफूमाथि लागेको महाभियोग अबैधानिक भएको आरोप समेत लगाएका थिए । त्यस्तै समितिमा कतिपय सांसदहरुले सोधेका प्रश्न जायज नभएको समेत बताएका उनले बयानको क्रममा संविधानको धारा १०१ पढेर सुनाएका थिए ।
प्रधानन्यायाधीशले सांसदहरु केही जानेका हुँदैनन् जस्तो गरी ऐन कानूनमा यस्तो भनेर आफूलाई सिकाउन खोजेको भन्दै समिति सदस्य कल्याणी खड्का कड्किइन । साथै चार महिनासम्म न्यायालय अवरुद्ध हुनु नै राणामाथि महाभियोग लगाउने मुख्य आधार भएको उनको तर्क थियो । खड्कालाई जवाफ फर्काउँदै राणाले आफूले सांसदहरुको अपमान नगरेको, कानूनी आधार मात्रै प्रस्तुत गरेको बताएका थिए ।
आफूमाथि लागेका आरोप गलत हुन् भन्दा समिति सदस्यहरुको अपमान नहुने उनको तर्क थियो । समिति सदस्य रेखा शर्माले पनि राणामाथि तीखो प्रहार गरेकी थिइन् । सर्बोच्चका सबै न्यायाधीश गलत थिए । ममात्रै ठिक थिएँ भन्न नमिल्ने भन्दै शर्माले यदि अरु सबै गलत काम गरिरहका थिए भने त्यो समयमा तपाईं के हेरेर बस्नुभएको थियो भनेर प्रश्न गरेकी थिइन् ।
पूर्ण आत्मविश्वाससाथ समितिमा प्रस्तुत भएका राणाले पनि प्रश्नको सीधासीधा उत्तर दिने भन्दा पनि अरुमाथि प्रश्न उठाएका थिए । साथै आफूमाथि महाभियोग लगाउने आधार नभएको समेत उनको तर्क थियो । महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुनै समितिमा रहेको भन्दै राणाले समितिको निष्पक्षतामाथि नै प्रश्न उठाएका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आरोपै–आरोप, #चोलेन्द्र शमशेर जबरा
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्