राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित
काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई हुबहु पारित गरेको छ । राष्ट्रिय सभाबाट छलफलका लागि समितिमा पठाइएको बिद्येयक सदस्यहरुको बहुमतले कुनै शंसोधनबिना विधेयक पारित गरेको हो ।
विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरुमध्ये एमालेका तीन जनाले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मर्त दर्ज गरेका थिए । तर, बाँकी १० जना सदस्यहरु यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिएका थिए ।
विधायन समितिले विहिबार नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि विहिबार नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नागरिकता विधेयक, #राष्ट्रिय सभाबाट
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्