गठबन्धनमा कांग्रेसले माग्यो १ सय सिट,माओवादी ६० र समाजवादीको ४० दावी
काठमाडौं । चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्तारुढ गठबन्धनमा दलहरुले आ–आफनो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका छन् । दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका हुन ।
नेपाली कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेका छन । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।
हालै माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा वैठकले कुनै निष्कर्ष निकालेको छैन ।
सिट बाँडफाँटलाई निष्कर्षमा पुर्याउन भोलि फेरि ४ बजे बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमका विषयमा पनि छलफल भएको थियो ।
राष्ट्रपतिले पूर्वप्रधानसेनापति लगायतसँग गरेको भेटघाट क्षेत्राधिकारभन्दा बाहिरको भएको नेताहरुले बताएका छन् । भोलि प्रदेशहरुको बारेमा विमर्श गरेर त्यसपछि प्रतिवेदन बनाइने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कांग्रेसले १००, #चुनावमा तालमेल
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्