एउटी केटीका दुई ब्वाईफ्रेण्ड, जम्काभेट हुँदा सडकमै कुटाकुट

काठमाडौं । सामाजिक सञ्जाल तथा युटुवमा भाइरल हुने बिषयबस्तु के हुन भन्दा तपाई सहजै भन्न सक्नुहुन्छ श्रीमान विदेशमा श्रीमती छोराछोरी छाडेर बेपत्ता, श्रीमान–श्रीमतीको झगडा । सासू बुहारीको लफडा,अर्काको बुढी अर्केसँग हिडेपछि । हो यस्तै यस्तै घरपरिवारमा सँगै बसेर हेर्न समेत नसकिने शिर्षक र हेडलाइन राखेर पोष्ट गरिएका घटना नै सामाजिक सञ्जालदेखि युटुवसम्म भाइरल भइरहेका छन् । यी दैनिक सुनिने समाचारकै कारण समाज दिनप्रतिदिन कता जाँदैछ भन्ने प्रश्न उब्जाइदिएको छ ।
शहरका कुरा मात्रै होइन गाउँ घरमा समेत हुने यस्ता चर्चा र घटनाले सामाजिक रुपमा कमाएको प्रतिष्ठा गुमिरहेको छ । यस्ता उदाहरण समाजमा छ्यापछ्याप्ती भेटिन थालेका छन् । यी घटना बाहेक समाजमा अन्य घटना पनि अच्चम लाग्ने भइरहेका छन् । आज हामी समाजमा देखिएको अर्को एउटा पाटो केलाउदैछौं । माथि उल्लेखित तस्विर हो बानेश्वरको । यो हानाहान र धकेला धकेल अनि मानिसहरुको एकैछिनमा भिड । सुन्दा तपाईलाई अच्चम्म लाग्न सक्छ । तर, यो कुटपिटको कहानी आश्चार्य लाग्दो छ । एउटा प्रेमीकाका दुई वटा प्रेमी भएपछि यो बीच सडकमै यसरी कुटाकुट भएको हो ।
केटीको परिवर्तित नामः कल्पना
केटाको परिवर्तित नामः मोहन र श्याम
कल्पना र मोहन नयाँ बानेश्वरको शान्तिनगरबाट बागमती खोला करिडोर हुँदै शंखमुलतिर जाँदै थिए । आफनै सुरमा उनीहरु गफिदै हिडिरहेका थिए । तर, कल्पनालाई यस्तो आपत आइलाग्ला भन्ने साहेद सोचेकी पनि थिइनन् होला । अर्को प्रेमी श्याम कतैबाट आएर आफुलाई देख्छ की भन्ने विश्वास नै लागेको थिएन । काठमाडौं जस्तो शहरमा मानिसको जम्काभेट विरलै हुन्छ । अहिले त झन माक्स लगाएकोले चिन्ने सम्भावना हुँदैन भन्दै ढुक्क भएको देखिन्छ । तर, भइदियो उल्टो । कल्पनाको अर्को प्रेमी श्याम शंखमुलबाट खोला करिडोर हुँदै बानेश्वर आउँदै थिए । उनीले भेटाए कल्पना र मोहनलाई ।
सडकमै हात समाएर हिडिरहेको देखेपछि श्यामले मोटरसाइल रोके र सोधे उ को हो ? कल्पना बोल्न नपाउँदै मोहनले भने हामी गर्लफे्रण्ड र ब्याइफ्रेण्ड । श्यामले भने कल्पना त मेरो गर्लफ्रण्ड । सामाजिक सञ्जालमा कल्पनासँग कुरा हुँदा एकले अर्कोको म्यासेज हेरिसकेका रहेछन् । दुबैले आ–आफनो प्रेमीका बताउदै गर्दा बीच सडकमै यसरी कुटाकुट नै चल्यो । निक्कै लामो समयसम्म उनीहरुको आरोप–प्रत्यारोप र धकेला धकेल रोकिएन ।
आवात–जावत गर्ने यात्रु र वरिवरि रहेका मानिस समेत उनीहरुको रमिता हेरिरहेका थिए । धेरै मानिस जम्मा हुन थाले र सबैले मोवाइलबाट भिडियो खिच्न थालेपछि श्याम मोटरसाइकल लिएरै भागे भने कल्पना र मोहन दौडिदै भागे । हो यस्ता सडकमै देखिएका दृश्यले समाजमा बिकृति फैलिइरहेको छ । स्वतन्त्रताको नाममा गरिएका यस्ता हर्कतले समाजमा बिकृति फैलिरहेको छ । सचेत बनौं होसियार बनौं ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खोला करिडोर, #युटुवमा भाइरल, #सामाजिक सञ्जाल, #सासू बुहारीको लफडा
तपाईको कमेन्ट लेख्नुहोस्