प्रचण्डले मेडिसिटी पुगेर गरे डा.प्रदीप गिरिको स्वास्थ्यलाभको कामना
काठमाडौं । एक सातादेखि उपचाररत रहेका नेपाली कांग्रेसका नेता डाक्टर प्रदीप गिरिको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका छन् ।
शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर दाहालले गिरिको स्वास्थ्यावस्थाबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको हो।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए । गिरिको अवस्था गम्भीर बनेको उनका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर प्रदीप गिरि
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्