उमेद्वार छनोटका लागि नेकपा समाजवादीले बनायो मापदण्ड, टिकट पाउन ७ शर्त
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार छनोटका लागि नेकपा एकीकृत समाजवादीले मापदण्ड बनाएको छ । मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको हो ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको हो । मापदण्ड अनुसार नै उमेद्वार छनोट हुने समाजवादीले जनाएको छ ।
समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका नाममा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ ।
तय भएका यस्ता छन् मापदण्ड
१.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४.आर्थिक र नैतिक आचरण राम्रो भएको,
५.जनतामा स्थापित र लोकप्रीय रहेको,
६.स्वच्छ छवि र सुशासनको पक्षपाती,
७.कार्यक्षमता र सक्रियता राम्रो भएको
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा एकीकृत समाजवादी, #प्रतिनिधिसभा, #प्रदेशसभा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्