सडक निर्माणमा पेटी ठेकेदारको बद्मासी, मजदुरहरुलाई ज्याला नदिई सम्पर्कविहिन

रुकुम पश्चिम । जिल्लाको चौरजहारीमा सडक निर्माणको काममा लागेका मजदुरहरुले ज्याला नपाएको गुनासो गरेका छन । चौरजहारी नगरपालिका ४ को मन्कोट देखि ५ नम्बरको खहरेसम्मको सडक खण्डमा ग्राभेल र नाला निर्माणको लागि काम गरेका मजदुरले ज्याला नपाएको गुनासो गरेका हुन् । सडक निर्माणका लागि काम गरेका करिब ४० जना मजदुरले काम गरेको ६ महिना बित्दापनि रकम नपाएको चौरजहारी नगरपालिका ४ का अतिराम रोकायले जानकारी दिए ।
चौरजहारी नगरपालिका ४ मन्कोटका २० जना र वडा नम्वर ७ नार्जिका २० जना कामदारलाई करिब १० लाख रुपैया ज्याला दिन बाँकी छ । गत पुस ९ गतेदेखि फागुन १७ गतेसम्म आफुले नाला निर्माणको काम गरेको र हालसम्म ज्याला नपाएको मजदुरहरुले गुनासो गरेका छन् । पटक–पटक ज्यालाको लागि ताकेता गर्दा आफूलाई स्थानीय ठेकेदारले पैसा नभएको खाली चेक थमाईदिएर सम्पर्कविहिन भएको रोकायले जानकारी दिए ।
महिना दिनसम्म घरको काम छोडेर सडकमा काम गरेर श्रमको मूल्य नपाएको अर्का मजदुर थलबहादुर भण्डारीले बताए । आफुलाई काममा लगाउने स्थानीय ठेकेदार नारायण बुढाले पैसा नदिन सक्छु, मुद्धा हालेपनि मलाई केहि हुदैन भन्दै पन्छिने गरेको उनले गुनासो गरे । चौरजहारी नयाँ शहर आयोजना अन्तर्गतको उक्त सडकको काम द क्याभान कन्ट्रक्सन प्रालिले पाएको थियो ।
सो कन्ट्रक्सनबाट मन्कोट खहरे सडकखण्डमा ग्रोभल र नाला निर्माणको जिम्मा पेटी ठेक्का गर्ने चौरजहारी नगरपालिका ५ बेतेनीका ठेकेदार नारायण बुढाले लिएका थिए । ज्याला माग गर्ने केहि मजदुरलाई पैसा बिनाको चेक दिएर ठेकेदार बुढा सम्पर्कविहिन भएका छन । चौरजहारी नयाँ शहर आयोजनाले भने काम बापतको रकम सम्बन्धित मुख्य ठेकेदारलाई भुक्तानी भैसकेको जनाएको छ ।
मुख्य ठेकेदारबाट पेटी ठेकेदार र पेटी ठेकेदारबाट कामदारले रकम पाए नपाएको जानकारी कार्यालयमा नभएको बताईएको छ । बैंकमा पैसा निकाल्न जाँदा खातामा पैसा नै नभएकोले कानूनी प्रक्रिया अनुसार अदालत जाने मजदुरहरुले तयारी गरेका छन । ठेकेदारले तीन जनालाई खाली चेक दिएका छन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जिल्लाको चौरजहारी, #मजदुरहरुले ज्याला
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्