Techie IT
  • २१ असार २०८२, शनिबार
KhojPatrika

ह्वाइट हर्स रिक्रुटमेन्ट म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत


काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंस्थित एक म्यानपावरमा छापा मारेर ८७ थान पासपोर्ट जफत गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा बिहीबार छापा मारिएको बताइएको छ । सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परेपछि ८७ थान पासपोर्ट जफत गरिएको हो।

छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रक्रियाअगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले पासपोर्ट जफत गरेको हो। सो म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका पासपोर्ट भेटिएका छन । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको छ । त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशनबिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो। म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुनसक्ने आशंका विभागले गरेको थियो। तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले जानकारी दिए । विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरू मलेसिया जाने तयारीमा थिए ।

ती युवालाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेका थिए। तर, उनीहरूले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए। त्यस्तै म्यानपावरका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन्। कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि विभागले बुधबार अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा मारेर कागजातहरू नियन्त्रण लिएको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #८७ थान पासपोर्ट, #वैदेशिक रोजगार विभाग, #ह्वाइट हर्स रिक्रुटमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं