Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

एकैदिन एक हजार ९० जना कोरोना संक्रमित थपिए, मृतकको संख्या पनि बढ्न थाल्यो


काठमाडौं । साउनको दोस्रो सातासम्म १० प्रतिशत रहेको दैनिक संक्रमणदर तेस्रो साता नबित्दै १७ प्रतिशत पुगेको छ । यता स्वास्थ्य मन्त्रालयले अझै २ साता सम्म कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । पछिल्ला दिनमा कोरोना संक्रमित र दैनिक जसो कोरोना संक्रमणका कारण मृत्यु पनि भैरहेको छ । अस्पातालहरुमा पनि बिरामीको चाप बिस्तारै बढ्दो क्रममा छ । साउन लागे यता नै अस्पतालमा फेरि पनि बिरामी भर्ना हुने र अस्पतालको इर्मेजेन्सिमा आउनेक्रम बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण असार र साउन महिनामा मात्रै १८ जनाको मृत्यु भएको छ र मृत्युहने मध्ये जम्मा ४ जनाले मात्रै कोरोना बिरुदको खोप लगाएका छन् । बाँकी १४ जना खोप नलगाएका व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएकोले कोरोना बिरुदको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

यता कोरोनाको जोखिम उच्च छ तर मानवीय गतिबिधिले अझै संक्रमणको जोखिमलाइ थप बढाएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा.समिर कुमार अधिकारी बताउछन् । संक्रमण बढ्ने र संक्रमण सगंै अस्पतालहरुमा भर्ना हुनेदर बढ्न सक्ने हुदा अस्पतालहरुलाइ तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालय निर्देशन समेत दिएको छ । कोरोना संक्रमणको ३ चरणमा भएका मानवीय क्षति तथा संक्रमणले मानिसमा गराएको त्रासलाई मध्यजनर गर्दै आम नागरिक र सरकारले कोरोना संक्रमणलाइ ब्यवास्ता गर्न नहुने जनस्वास्थ्य विज्ञहरु बताउछन् ।

यस अगाडि संक्रमित भएका नागरिकको उपचार व्यवस्थापन गर्न असफल देखिएको सरकारले फेरि यस्तै असफलता नदेखियोस भन्नका लागि बेलैमा साबधानि अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञ डा.सुन्दरमणी दिक्षित बताउछन् । यसअघि जस्तै धेरैजसो संक्रमितमा घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ ।

पछिल्लो समय संक्रमितलाई पसिना धेरै आउने लक्षण पनि देखिएको छ । यद्यपी पहिले कोरोना संक्रमण भइसकेका मानिस अथवा खोप लगाइसकेका व्यक्तिमा कम असर देखिएको चिकित्सक बताउछन् । खोप नलगाएका अथवा पूरा मात्रा नलगाएकाहरूलाई यो भेरियन्टको बढी संक्रमण देखिएको चिकित्सक बताउछन् । जसका कारण कोरोना संक्रमणको जोखिम कम गर्न खोप नलगाएकाले खोप लगाउन र खोपको पहिलो र दोस्रो मात्रा खोप लगाएको ले खोप लगाएको तिन महिना भएकालाइ खोपको तेस्रो मात्रा लगाउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उच्च बिन्दुमा, #कोरोना संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं