गौतमश्री सहकारीका सञ्चालकले पारे हजारौ बचतकर्ताको रकम झ्याम,पीडित विभागको शरणमा

काठमाडौं । जिल्लाको कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले बचतकर्तालाई रुवावासी बनाएका छन् । हजारौं बचतकर्ताको साढे ५ अर्ब भन्दा बढी रुपैयाँ फिर्ता नगरी सञ्चालक सम्पर्कविहीन भएपछि रुवाबासी भएको हो ।
दुई दशकदेखि सञ्चालनमा रहेको र विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलेको यो सहकारी सञ्चालकले बचतकर्ताको पैसा फिर्ता दिन नसकेपछि बुधवारबाट सञ्चालक रामबहादुर गौतम सम्पर्कविहीन भएका थिए । उनीसहित सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता रकम फिर्ता लिन नपाएको गुनासो गर्दै बिहीवारबाटै सहकारी धाउन थालेका थिए ।
सञ्चालक सम्पर्कविहीन भएको थाहा पाउनाथ सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शुक्रबार शिल गरेर सूचना टाँसेको थियो । सहकारीले एभरेष्ट बैैंकको पैसा चलाएकोले भवन शिल गरेको बताइएको छ । बैंकले शिल गरेको सूचना टाँसेपछि सहकारीका बचतकर्ता कालिमाटी प्रहरी र सहकारी विभागको शरणमा पुगेका हुन ।
सहकारीमा एकै व्यक्तिले ६ करोड रुपैयाँसम्म राखेको र पैसा फिर्ता दिलाइपाउँ भन्दै सहकारी विभागमा उजुरी दिन पुगेका छन् । विभागमा आइतवार बचतकर्ताहरू बचत रकम फिर्ता र सहकारीका सञ्चालकलाई कारबाही गर्न उजुरी दिएका छन । आइतवार मात्रै करिब ५ सय सय बचतकर्ता उजुरी दिन सहकारी विभाग पुगेका थिए ।
बैंकले बचतमा डेढ/दुई प्रतिशत मात्रै ब्याज दिएको बेला गौतमश्रीले १४ देखि १८ प्रतिशतसम्म ब्याजदर दिएको थियो । सहकारी विभागले भने बचतकर्ताहरूले सहकारीका सञ्चालकहरू सम्पर्कमा नआएकाले बचत रकम फिर्ता गरिदिन माग गर्दै उजुरी दिएको बताएको छ । उजुरीपछि कुलेश्वरको उक्त गौतमश्री बहुउद्देश्यीय सहकारीको कारोबार रोक्का गरेर अध्ययन शुरू गरेको विभागले बताएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गौतमश्री बहुउद्देश्यीय सहकारी, #दुई दशकदेखि सञ्चालन, #बचतकर्तालाई रुवावासी, #सञ्चालक रामबहादुर गौतम
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्