भेटिएन जनार्दन शर्माबिरुद्धको प्रमाण,सत्तापक्ष र प्रतिपक्षबीच मतभेद,कस्तो आउला प्रतिबेदन
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरको छ । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका बिषय र सहमति जुट्न नसकेका बिषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।
समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केहि प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । उनले केहि बिषयमा सहमति जुटेको र नमिलेका बिषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
त्यस्तै समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सवैका आफ्ना–आफ्ना बिचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको जिकिर गरे ।
करका दर हेरफेरका बिषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको बिषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वअर्थमन्त्री जनार्दन शर्मा, #संसदीय छानबिन समिति
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्