दिल्लीबाट फर्किएपछिको प्रचण्डको दौडधुप, माधव नेपाल,बाबुराम भट्टराई र बामदेव गौतम फकाउदैं

काठमाडौं । भारत भ्रमणबाट फर्किए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक ध्रुवीकरणको पहल थालेका छन्। यसै क्रममा उनले एकीकृत समाजवादीका शीर्ष नेताहरु, अलग अभियान चलाएका वामदेव गौतम एवं जसपाबाट कारवाहीमा परेका पूर्व माओवादी नेता डा बाबुराम भट्टराईसंग छलफल तीब्र पारेका छन् । कांग्रेसले बर्तमान गठबन्धन कायम राख्ने निर्णय गरे लगत्तै प्रचण्डले नयाँ राजनीतिक कोर्सका लागि दौडधूप गरेका हुन् । मंगलवार उनले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसंग छलफल गरेका छन ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरवामा भएको छलफलमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ थिएभने एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल सहभागी थिए । त्यस्तै वामपन्थी एकताको नाममा एकता अभियान चलाएका वामदेव गौतम पनि सहभागि थिए । यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाको कारवाहीमा परेका नेता डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको थियो । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा बिचारमिल्ने कम्युनिष्ट घटक मिलेर समाजवादी केन्द्र गठनबारे छलफल भएको बताइएको छ । भेटवार्तापछि बाहिरिदै माओवादी केन्द्रका अध्यक्ष दाहालले एउटै पार्टी निर्माणको बिषयमा छलफल भएको बताएका छन् । जसपाको भट्राई पक्ष, एकीकृत समाजवादी र बामदेव गौतमसहितको समूहसँग समेत छलफल गरि समाजवादी केन्द्र गठनको प्रक्रियामा अघि बढ्ने गृहकार्य स्वरुप छलफल भएको बताइएको छ । पछिल्लो समय डा. भट्टराईले समाजवादी केन्द्र बनाउनेगरि आफूलाई सक्रिय बनाएका छन ।
खासगरि एमालेलाई अलग राखेर वामपन्थी दलबीच सम्भव भए एकीकरण नभएपनि आगामि निर्वाचनमा चुनावी तालमेल गर्ने गरि छलफल बाक्लिएको हो । यो प्रयासले मूर्त रुप लिए एमाले वाहेकका वाम दल एक ठाँऊमा आउन सक्ने स्थिति बन्ने देखिएको छ । अझ प्रचण्डले लामो समय माओवादीको मुलधारबाट बाहिरिएर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवलाई पनि समेट्ने गरि रोडम्याप बनाएको बताइएको छ ।वामपन्थी दलको यो एकतापछि कांग्रेस संगको सहकार्य कस्तो हुने भन्ने बिषय प्रष्ट छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ध्रुवीकरणको पहल, #पुष्पकमल दाहाल प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्