सीसीटीभी फुटेज भेटाउन संसदीय छानविन समितिलाई कठिनाई,कर्मचारीले मुखै खोलेनन्
काठमाडौं । बजेट निर्माणमा अनाधिकृत ब्यक्तीलाई मध्यरातमा भित्र्याएर करको दायरा हेरफेर गरेको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । उनीमाथि छानविन गर्न संसदीय छानविन समिति बन्यो । शर्मामाथि लागेका आरोपलाई पुष्टि गर्न संसदीय छानविन समितिले अनुसन्धान गरिरहेको छ । तर, मुख्य कारण मानिएको छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन सकेको छैन ।
आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त भएन । बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूले आफ्ना भनाइहरू राखेका थिए । सबैका कुरा सुनियो। तर, न सिसिटिभी फुटेज भेटियो न कसैले बजेट निर्माणमा असम्बन्धित मान्छे आएको नै बताएका छन् । जसका कारण आरोप पुष्टि गर्न निक्कै गाह्रो परेको छ ।
करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। मंगलबार काम थालेको संसदीय विशेष समितिका सदस्यहरु पछिल्ला दिनहरुमा १२ घण्टासम्म खटिएका छन् ।
छानबिन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । सांसद पुष्पा भूसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मा आएका छन् । समितिले १० दिनको म्याद पाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #करको दायरा हेरफेर, #बजेट निर्माण, #संसदीय छानविन समिति
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्