घनश्याम भुसालको टिप्पणीः १० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचना गरेका छन्। अध्यक्ष नेपालले दोहोरो नीति लिएको भुसालको जिकिर छ ।
प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउँदा माधवले विरोध गरेको तर पछि २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने अध्यादेशबाट पार्टी फुटाएको उनको भनाइ छ ।
२० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन,’ उनले आज फेसबुकमा लेखेका छन्, ‘ढिलो वा चाँडो, माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ।’
उनले अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई लत्याएको पनि आरोप लगाएका छन्। ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्।
ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए,’ उनले भनेका छन्। माधव नेपाल एमालेमा हुँदा भुसाल उनीनिकट थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #घनश्याम भुसाल, #माधवकुमार नेपाल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्