आफूलाई किनेको गाडी बेच्ने तयारीमा हर्क साम्पाङ,खाल्डा टाल्न रोलर मेसिन किन्ने
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो लागि किनिएको गाडी बेच्ने तयारी गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनि किनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका छन्।
आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि साम्पाङ सामाजिक सञ्जालमा लेखेका छन्। ‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, रोलरको तस्वीरसहित राखेर मेयर साम्पाङले लेखका छन्, ।
बिहिबार कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान।’ स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन्। अहिले उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कार्यपालिका बैठक, #धरान उपमहानगरपालिका, #हर्क साम्पाङ
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्