नेपाल रेडक्रसमा झण्डै कुटाकुट,पवित्र संस्थामा अदालतको आडमा बबण्डर (फोटो फिचर)

काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरित आफूलाई कार्यालय प्रवेशमा रोक लगाएको भन्दै नेत्र तिमिल्सिनाको टोली नेपाल रेडक्रस सोसाइटीको कार्यालय प्रवेश गरे । देउवा सरकारले संयोजक नियुक्त गरेका सुदर्शन नेपाल समूहले भने सर्वोच्चको फैसलाकै हवाला दिँदै तिम्सिना आदेशविपरित कार्यालय प्रवेश गरेको आरोप भन्दै प्रतिबाद गर्न खोज्दा तनाथ भएको थियो ।
केपी शर्मा ओलीको पालामा चुनाव गराउनका लागि तीन महिनाका लागि रेडक्रसको अध्यक्ष बनेका उनले तीन महिनामा निर्वाचन गराउन नसक्दा एक वर्षका कार्यकाल थपिएको थियो । तर उक्त समायावधिमा पनि निर्वाचन गरी नयाँ कार्यसमिति ल्याउन नसक्दा देउवा सरकारले उनलाई हटाई उनको ठाउँमा सुदर्सनप्रसाद नेपाललाई अध्यक्ष बनाएको थियो । गत पुष १४ मा अध्यक्ष बनेका नेपालले पनि दुई महिनाभित्र चुनाव गराउन सकेनन् भने उनको कार्यावधि समेत समाप्त हुँदैछ । तर, यो अवस्थामा समेत तिम्सिना भने आफैं अध्यक्ष भएको दावी गर्दै जवर्जस्ती कार्यालय छिर्दै आएका छन् ।
मंगलवार होहल्ला र तोडफोड गर्दैै तिम्सिना नेतृत्वमा उनको कार्यसमितिका सदस्यहरु र केही बाहिरका व्यक्ति समेत कार्यालय पसेका थिए । यसअघि पनि जवर्जस्ती कार्यालय प्रवेश गर्दै आएका उनलाई रोक्न सुरक्षाकर्मी तैनाथ गरिएको थियो । कर्मचारीहरुले भने उनीहरुलाई प्रवेशमा रोक लगाएका थिए । जसको कारण उनीहरुबीच धक्कामुक्कीको अवस्था सिर्जना भएको थियो । त्यसको केही समयपछि सुरक्षाकर्मीले बलपूर्वक कार्यालय प्रवेश गरेको तिम्सिना समूहलाई बाहिर निकाली अवस्था नियन्त्रणमा लिएका थिए ।
देउवा सरकारले जेठ ३१ तिम्सिनाको कार्यसमिति भंग गरिदिएको थियो । त्यसका विरुद्ध तिम्सिना सर्वोच्च अदालत गएका थिए । प्रारम्भिक सुनुवाईपछि अदालतले दुवै पक्षलाई असार २७ मा उपस्थित हुन आदेश दिएको छ । अर्को तर्फ, सरकारले गठन गरेको सुदर्शन नेपाल नेतृत्वको तदर्थ समितिले तिम्सिनाको समूहलाई कार्य सञ्चालन गर्न नदिने अडान लिएको छ । अदालतको आदेश अनुसार दैनिक कार्य सञ्चालन गर्ने अधिकार आफूहरुलाई रहेको तिम्सिना पक्षको दाबी छ ।
रेडक्रस जस्तो संस्थामा हतियारसमेत वरपर राख्न नपाउने अन्तराष्ट्रिय मापदण्ड छ । तर, तिम्सिना समूहका कारण यहाँको अवस्था अशान्त बन्दै आएको छ । तिन महिना भित्र निर्वाचन गर्न नेपाल नेतृत्वको तदर्थ समितिलाई सरकारले निर्देशन दिएको नेपालले बताए । नयाँ तदर्थ समिति पुनः गठन भएपछि त्यसको विरुद्ध तिम्सिना पुनः अदालत गएका थिए ।
पार्टी राजनीति संस्थामा हाबी हुँदा त्यस विषयले अदालतमा समेत प्रवेश पाएको छ । दुवै पक्षले एकले अर्कोलाई स्वीकार्नै नसक्ने परिस्थिति बनेपछि स्वयंसेवी संस्था धराशाही हुँदै गएको कार्यरत कर्मचारीहरु बताउँछन् । तिम्सिनाको समुह कार्यलयमा आएर महामन्त्रीको कार्यकक्ष तोडफोड मात्रै गरेको छैन त्यहाँ कार्यरत कर्मचारीहरुलाई समेत हातपात गरेको आरोप कर्मचारीले लगाएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेत्र तिमिल्सिना, #सर्वोच्च अदालतको आदेश, #सुदर्शन नेपाल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्