निर्वाचन आयोगले एक अर्ब ५० करोड फिर्ता गर्यो
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपियाँ अझै बढ्न सक्ने अनुमान गरेको हो ।
अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको बताइएको छ । आयोगले स्थानीय निर्वाचनका लागि मन्त्रालय समक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो।
हालसम्म छ अर्ब ६१ करोड खर्च भएको देखिए पनि अझै घट्न सक्ने आयोगले जनाएको छ । अर्थ मन्त्रालयले आयोगलाई निर्वाचनका लागि तीन चरणमा बजेट उपलब्ध गराएको थियो। पहिलो चरणमा कर्मचारी बीमा, दोस्रो चरणमा सामग्री खरिद तथा तेस्रो चरणमा बक्यौता फछ्र्योट लगायत कर्मचारीको तलब भत्ता दिइएको थियो।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थ मन्त्रालयलाई फिर्ता, #निर्वाचन आयोग, #स्थानीय तह निर्वाचन
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्