Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

दाङको घोराहीस्थित तुलसीपुर चोकमा राखियो नयाँ राष्ट्रिय झण्डा


दाङ । जिल्लाको घोराही उपमहानगरपालिका तुलसीपुर चोकमा राष्ट्रिय झण्डा राखिएको छ । विगतमा मोवाइल एसोसिएशनद्धारा राखिएको राष्ट्रिय झण्डा समयमै नफेर्दा च्यातिएको अवस्थामा थियो । एसोसिएसनको सहमतिमा स्वतन्त्र युवा ब्यवसायीहरुले तुलसीपुरचोकमा नयाँ झण्डा राखेका हुन् ।

चोकमै रहेको झण्डा च्यातिएको देखेपछि सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी आइरहेका थिए । चोकमै राष्ट्रिय झण्डा च्यातिएको देखेपछि राष्ट्रको सान झण्डा फेर्नुपर्ने युवा ब्यवसायीकाबीच छलफल भएर झण्डा प्रतिस्थापन गरिएको पवन पोखरेलले जानकारी दिए । उनका अनुसार क्रेनमा अंकित गुप्ताले सहयोग गरेका थिए ।

झण्डा भने १५ जनाको सहयोगबाट किनिएको हो । सबैको आवात जावत हुने चोकमा नयाँ राष्ट्रिय झण्डा फरफराएपछि आसपासका ब्यवसायी र सर्वसाधारण खुसी भएका छन् । झण्डासँगै फोटो खिच्नेहरुको संख्या पनि बढेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #घोराही उपमहानगरपालिका, #तुलसीपुर चोकमा राष्ट्रिय झण्डा, #मोवाइल एसोसिएशन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं