नेकपा एमाजवादीबाट मन्त्री भएकाहरुको सपथ आज
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन्।
कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीहरुको शपथ विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्। हटाइएका केही मन्त्रीहरुको विदाई आज हुँदैछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एकीकृत समाजवादी, #नवनियुक्त मन्त्री, #राष्ट्रपति विद्यादेवी
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्