Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

किन बारम्बार अश्लिल बोल्छन् पर्यटनमन्त्री प्रेम आले, कहिल्यै हुदैन कारवाही ?


काठमाडौं । प्रेमबहादुर आलेलाई कतिपयले ‘भाइरल मन्त्री’ का रुपमा चिन्दछन् । यसको कारण उनी नाम होस् या बदनाम गुमनाम रहँदैनन् । सधै चर्चामा आइरहन्छन पहिलो पटक वनमन्त्री हुँदा बोट विरुवाले कार्बनडाइअक्साइड फाल्छ भनी चर्चामा आएका थिए उनको त्यो अभिव्यक्तिका कारण धेरैले आलोचना गरे । मन्त्रीमण्डलेको पुर्नगठन भएसगै प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाए ।

पहिलो पटक मन्त्री बन्दा बढी चर्चामा र विवादमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी आए सगै निरन्तर विवादमा तानिए । विभिन्न राजनीतिक नियुक्तिदेखि ठेक्का रद्द प्रकरणमा समेत मन्त्री आलेले विवेकसम्मतभन्दा पनि स्टन्टबाजीमा उत्रिदै आए । केही महिना अघि अछामका एक युवकलाई अश्लील गालीगलौज गरेको र ज्यान मार्नेसम्मको धम्की दिएका आलेको त्यो विवाद सेलाउन नपाउदै पुन अर्काे अश्लील अडियो बाहिरीएको छ ।

मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै उनी फेरि विवादमा तानिएका छन् । आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ । पर्यटन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात समेत गरे ।

नेपाल एयरलाइन्समा ठूलो मात्रामा आफना मान्छेलाई कर्मचारीका रुपमा नियुक्ती दिन दबाब दिएका आलेको निर्देशनलाई अध्यक्ष अधिकारीले कार्यन्वयन नगरेपछि आले हातपात मै उत्रेका हुन । एउटा जिम्मेवार पदका बसेको ब्यक्ती अर्थात मन्त्री जस्तो पदको बेवास्ता गर्दै प्रेम आले किन अश्लिल गाली गलौजमा उत्रिने गरेका छन् ।

उनी पटक–पटक समाजमा अपाच्च शब्द बोल्दा समेत सरकारबाट भने कारवाहीको सट्टा झनै पुरस्कृत गरिरहेको छ । गठबन्धन सरकार भन्दै जे मन लाग्यो त्यहि बोल्ने र कमिसनमा रमाउदा समेत आलेलाई कारवाही गर्ने हिम्मत कसैले गरेको छैन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रेमबहादुर आले, #भाइरल मन्त्री, #वनमन्त्री

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं