काठमाडौं मेयर बालेन र वडाध्यक्ष मुकुन्द रिजालबीच लन्च मिटिङमा के के भयो कुरा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले वडा नम्बर १६ का भाइरल बनेका वडाध्यक्ष मुकुन्द रिजालसँग छलफल गरेका छन् । जनप्रतिनिधिसँग नियमित भेटघाटका क्रममा मेयर बालेन रिजाललाई भेट्न उनको निवास पुगेका हुन्।
रिजाल तिनै वडाध्यक्ष हुन् जसले कार्यपालिकाको पहिलो बैठकमै मेयर साहसँग सवाल जवाफ गरेका थिए। उनले बैठकको प्रक्रिया नमिलेको भन्दै प्रक्रिया सिकेर आउन समेत मेयर साहलाई सुझाव दिएका थिए। तपाई इन्जिनियर हुनुहुदो रहेछ बैठक सञ्चालन गर्ने प्रक्रिया पढेर आउनु भनेपछि वडाध्यक्ष रिजाल सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
कलाकार अर्जुन घिमिरे पाँडेसँगै रिजाल निवास पुगेका मेयर साहले झण्डै दुई घण्टा उनको निवासमा बिताएका थिए। सँगै लन्च गरेका उनीहरुले दुई जनाबीच महानगरको कामलाई सहज बनाउने र फोहोर व्यवस्थापनको दिगो समाधानका विषयमा कुराकानी भएको बताइएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #बालेन साह, #वडाध्यक्ष मुकुन्द रिजाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्