Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

दान गरिएको रगतको बढायो सरकारले मुल्य,अव प्रतियुनिट ८ सयदेखि १६ सय ४० सम्म


काठमाडौं । भनिन्छ रक्तदान महादान । नारा नै छ– रक्तदान, जीवन दान ! दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ । सोहीअनुरूप बिभिन्न स्थानमा रक्तदान आयोजना गरिएका स्थानमा दाताले निःशुल्क रगत दान गर्छन । तर, अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुँदै आएको छ । बिभिन्न स्थानका अस्पतालैपिच्छे फरक–फरक मूल्य असुल गरेको भेटिन्छ । रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मात्रै होइन जिल्ला शाखाहरुले समेत विभिन्न बहानामा उच्च शुल्क उठाइरहेका छन् । अर्थात रेडक्रसमै मुल्य एकरुपता छैन् ।

संसारभर रगत बेच्न पाइँँदैन तर नेपालमा विभिन्न परीक्षणका नाममा घुमाउरो तरिकाले ब्लड बैंक र अस्पतालहरूले रगतको समूह पहिचान, एचआईभी परीक्षण, हेपाटाइटिस,भीडीआरएल जस्ता परीक्षण गर्ने बहानामा मनपरि शूल्क लिइरहेका छन् । रक्तदाता र अभियान्ताहरू भने कुनै पनि बहानामा रगतमा पैसा लिन नहुने आवाज उठाइरहदा सरकारले भने रगतको मुल्य बढाएको सुचना जारी गरेको छ । यसअघि प्रति युनिट ५ सय २५ रुपैया रगतको मूल्य अहिले बढाएर प्रति युनिट रगतको सेवा शुल्क ८ सय १० देखि अधिकतम १ हजार ६ सय ४० सम्म कायम गरेको छ ।

निशुल्क वितरण गर्नुपर्ने रगत सरकारबाटै मुल्य बढाउदा चौतर्फी बिरोध भइरहेको छ । जेल कार्ड प्रक्रियाबाट रगतको समूह छुट्याइए त्यसको मूल्य प्रतियुनिट एक हजार दुई सय १०, जेल कार्ड प्रक्रियाबाट रगतको क्रस म्याचिङ गरिए एक हजार ९०, जेल कार्ड प्रक्रियाबाटै रगतको गुप्रिङ, क्रस म्याचिङ, टिटिआइएस (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) गरिए उपभोक्ताले एक हजार तीन सय ४० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, रगतको गुप्रिङ, क्रस म्याचिङ, टिटिआइएस जेल कार्ड र सेला प्रक्रियाबाट गरे त्यसको मूल्य एक हजार ६ सय ४० रुपैयाँ पर्ने गरी नयाँ मूल्य तोकिएको छ ।

नेपाल रेडक्रसले हालै दुई वटा मेसिन भित्र्याइएको छ । एफआरआई एसएस मेसिनबाट घाइते वा विरामीलाई कुन तत्व आबश्यक हुन्छ त्यहि लिन्छ र अरु रगत फिर्ता गरिदिन्छ । त्यस्तै, किल्या मेसिन मार्फन रगतको परिक्षण विश्व स्वाथ्य संगठन अनुसार गरेर मात्रै एचआईभी एड्स, एचविएस, सेल्फिस एचसीभि जस्ता ४ वटा रोगबाट बचाउने गरी रगको परिक्षण गरिन्छ । यी मेसिनबाट रगत परिक्षण गरे विरामीलाई सहज हुने दाबी रेडक्रसको छ ।

सरकारले निशुल्क रुपमा रगत दिनुपर्ने भएपनि तत्काल त्यो सम्भव नभएको र रगतको मुल्य समायोजनले एकरुपता कायम गरेको १ सय २८ पटक रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य बसन्तकुमार श्रेष्ठ बताउछन् । बिभिन्न नीजि अस्पतालले प्रति युनिट २५ सय भन्दाबढी रकम असुली रहेको र रेडक्रसमै मुल्य एकरुपता नभएका कारण सरकारको निर्णयले अव रगतको मुल्यमा एकरुपता आएको श्रेष्ठ दावी गर्छन् । मुल्य निर्धारणपछि अनुगमनको पाटोमा सरकार चनाखो हुनुपर्ने उनको जोड छ ।

रगतको मुल्यबृद्धिबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री नै अनभिज्ञ छन् । मन्त्री विरोध खतिवडाले निजि रक्तकेन्द्रहरुबाट प्राप्त हुने रगतको मात्रै मुल्य बढाएको भन्दै परिक्षण देखि रगत राख्नका लागि चाहिने सामग्रीको मूल्य बढेकोले शुल्क मात्रै उठाएको जिकिर गर्छन । रगतको अभाव हुन नदिन पछिल्लो समय व्यक्ति र सामाजिक संघसंस्थाले रेडक्रससँगको सहकार्यमा निःशुल्क रक्तदान गर्दै आएका छन । तर, अस्पताल तथा ब्लड बैंकहरूले मनपरि रकम असुल्दा रक्तदान गर्नेहरुले पनि चित्त दुखाएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जीवन दान, #रक्तदान, #रक्तदान महादान, #रगत बेच्न पाइँँदैन

तपाईको कमेन्ट लेख्नुहोस्