ओलीको कडा टिप्पणीः मैले कसैलाई प्रधानमन्त्री बनाउछु भनेको छैन,गठबन्धन कसैसँग हुँदैन
काठमाडौं । एकीकृत समाजवादीसँगै कतिपय एमाले नेताहरु र माओवादी केन्द्रका नेताहरु पनि वाम एकताको पक्षमा रहेको अवस्थामा केपी शर्मा ओलीले नेकपा एमाले एक्लै निर्वाचनमा जाने संकेत गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउने एउटा मात्रै उद्देश्यले अहिलेको गठबन्धन बनेको तर गठबन्धनका बाबजुद एमालेको लोकप्रिय मतमा कमि नआएको बताए । उनले आफूले कसैलाई प्रधानमन्त्री बनाउछु भनेर आश्वासन नदिएको समेत बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा बनेको बाम लोकतान्त्रिक गठबन्धन प्रभावकारी नभएको कतिपयको बुझाई छ । यो गठबन्धनबाट सबैभन्दा असन्तुष्ट एकीकृत समाजावादी छ । स्थानीय चुनावमा सम्पूर्ण रुपमा कांग्रेसको भोट ट्रान्सफर नभएको कम्युनिष्ट दलहरुको बुझाई छ । यो अवस्थामा वाम एकताको पक्षमा सबैभन्दा धेरै एकीकृत सामाजवादीका सम्मानीत नेता झलनाथ खनाल खुलेका छन् ।
नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल हुनसक्छ भने एमालेसँग किन हुन सक्दैन ? भन्ने उनको तर्क छ । स्थानीय तहको निर्वाचन अघि एमाले र केपी ओलीका तीखो आलोचना गर्दै आएका खनाल निरन्तर वाम एकताको पक्षमा बोल्न थालेका छन् । वाम एकता एकीकृत समाजवादीले मात्रै चाहेर नहुने भएकाले त्यसका लागि सबै वाम दलहरु सहमत हुनुपर्नेमा जोड दिन्छन् ।
एमाले र माओवादी केन्द्रमा पनि कतिपय नेताहरु वाम एकताको पक्षमा छन् । तर, त्यस विपरित कतिपय नेताहरु भने एकले अर्कोलाई वाम दलको रुपमा स्विकार गर्न तयार छैनन् । जसरी शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले सरकारमा रहेका दलहरु वाम दल नै हैनन् भने, त्यसैगरि कतिपय वाम दलहरु एमालेलाई पनि वाम दल मान्न तयार छैनन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले त अहिलेको गठबन्धन भत्काउन आफूलाई एमालेले प्रधानमन्त्रीको अफर गरेको सार्वजनिक अभिव्यक्ति नै दिए । तर, अध्यक्षद्वयका भनाई र ओलीको भनाईमा कुनै तालमेल देखिँदैन । ओलीको यो भनाईसँगै वाम तालमेलको अध्याय समाप्त हुन्छ अथवा अझै केही संभावना बाँकी नै रहन्छ ? त्यो भने अहिले नै एकीनसाथ भन्न सकिने अवस्था छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एकीकृत समाजवादी, #गठबन्धन, #माओवादी केन्द्र
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्