साँझ परेपछि काठमाडौंका सडक पेटीमा हिड्नै मुस्किल,जताततै फुटपाथ पसलले हैरान

काठमाडौं । काठमाडौँका सडकहरुको चौडाइ बढ्दै जाँदा फुटपाथ भने खुम्चिँदै जान थालेका छन् । बल्लतल्त एउटा मान्छे हिँड्न मिल्ने फुटपाथमा व्यापारीको अतिक्रमण बढ्दै जाँदा सर्वसाधारण भने ज्यानको बाजी थापेर सडकबाटै हिँड्न बाध्य भइरहेको पनि देख्न पाइन्छ नै । तर, यस्तो जनसरोकारका विषयमा सम्बन्धित निकाय भने आँखा चिम्लिएरै बसिरहेको छ । अस्तव्यस्तताले भरिएको शहर खोज्नु प¥यो भने कतै जानु पर्दैन, एक पटक काठमाडौँ घुमे पुग्छ । यही काठमाडौँका अनेकौँ समस्या मध्ये एउटा समस्या हो, फुटपाथ ।
पूर्वाधार विकासको नियम अनुसार भन्ने हो भने एउटा सामान्य फुटपाथको चौडाइ घटीमा ५ फिट हुनु पर्छ । तर, घुम्दै हिँड्ने हो भने काठमाडौँमा एक दुई फिट मात्रै चौडाइ भएका फुटपाथ पनि भेटिन्छन् । सडक बढाउँदा फुटपाथ पनि बढाउनु पर्छ भन्ने हेक्का नराख्दा कतिपय स्थानमा त फुटपाथ नै मासिएका छन् । त्यसमाथि जति फुटपाथ छन्, ती पनि व्यापारीको अतिक्रमणमा परेका छन् ।
फुटपाथलाई पैदलयात्रु मैत्री बनाउने जिम्मा पाएका स्थानीय निकायहरु यस्ता विषयमा आँखा चिम्लिएर बसेका छन् । त्यसमाथि चाडवाड नजिकिएसँगै फुटपाथमाथिको अतिक्रमण झनै बढ्ने गरेको छ । हुनत फुटपाथ व्यापारीको पनि आफ्नै पिडा र गुनासाहरु छन् । २० वर्षदेखि यी भद्र माहिलाको जीवन निर्वाह फुटपाथमा तरकारी बेचेरै भइरहेको छ । फुटपाथमा व्यापार गर्दा एक त इज्जत कसैले इजजत नदिने तथा अर्कोतिर महानगर प्रहरीले समेत बेला बेलामा दुख दिने गरेको गुनासो उनको छ । उनी जस्तै थुप्रै निम्न वर्गीय परिवारको व्यापार गर्ने थलो फुटपाथ नै हो ।
उपत्यकामा हजारौँ परिवारको जिविको पार्जन फुटपाथले नै धानेको छ । बिहानदेखि रात नछिप्पिँदासम्म फुटपाथले बेरोजगारमा परेकाहरुको जिविका पनि धान्दै छ । तर, बाँच्ने आधार नभएका यस्ता व्यापारीको मर्कालाई सरकारले पनि बुझ्न सकेको छैन । प्रहरीले कहिले सामान नै जफत गरिदिने, कहिले महंगो जरिवाना तिर्न लगाउने तथा कहिले हात पातै गर्ने गरेको गुनासो उनीहरुको छ । फुटपाथका व्यापारीहरु महानगर प्रहरीले सजायको नाममा ज्यादती गरेको दोष लगाउँछन् ।
उता महानगर प्रहरी बलका प्रमुख धनपति सापकोटा भने पैदलयात्रुका लागि बनाइएका फुटपाथमा जबरजस्ती व्यापार गर्नेहरुको सामान खोस्नु बाध्यता भएको बताउँछन् । साथै यस्तो बेला केही मात्रामा बल प्रयोग गर्नु पर्ने बाध्यता आइपरेको दाबी गर्छन् ।
हुनत फुटपाथ पैदल यात्रुको अधिकारको क्षेत्र हो । त्यसैले पैदलयात्रुको आवत जावतलाई ध्यान दिन नसक्ने हो भने यही कारण गम्भीर दुर्घटना निम्तिने खतरा पनि छ । तर, सरकारको जिम्मेवारी जिविको पार्जनको बाटो खोजि रहेकाहरुको सहायता गर्नु पनि हो । त्यसका लागि सरकारले विभिन्न स्थानमा निश्चित ठाउँ तोकेर व्यापार गर्न प्रोत्साहन गरेको खण्डमा पैदल यात्रु र साना व्यापारी दुवैले सास्ती व्यहोर्नु पर्ने अवस्था सिर्जना हुँदैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #फुटपाथ, #फुटपाथमा व्यापारी, #हजारौँ परिवारको जिविको पार्जन
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्