आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरे एआईजी विश्वराज पोखरेलको बिदा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा बुधबार आईजीपी सिंहले अस्वीकृत गरेका हुन् ।
पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताइएको छ । आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ देखि बिदामा थिए ।
सोमबार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका उनलाई मनसुनको मौसममा बिदा दिनु पनि अनुपयुक्त हुने आईजीपीको निष्कर्ष छ । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका विश्वराजको मुद्दा ३० गते सुनुवाई गर्ने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #धीरजप्रताप सिंह, #नेपाल प्रहरीका महानिरीक्षक, #विश्वराज पोखरेल
तपाईको कमेन्ट लेख्नुहोस्