Techie IT
  • २४ वैशाख २०८२, बुधबार
KhojPatrika

मेयर बालेन्द्रले गरेको पहिलो निर्णय नै विवादित, महानगरभित्रका रेष्टुरेन्टका शौचालय प्रयोग गर्न नदिने


काठमाडौं । सिर्जनात्मक कामको अपेक्षा सहित काठमाडौं महानगरवासीले बालेन्द्र शाहलाई मेयरमा जिताए । मेयर शाहमा पनि काठमाडौं बदल्ने हुटहुटी पाइन्छ । तर शपथ लिएर काम थालेका मेयर शाहले गरेको पहिलो निर्णयनै विवादित बनेको छ । महानगरभित्रका रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने गरि भएको निर्णय बिना सरसल्लाह आएको भन्दै ब्यवसायीहरुले आपत्ति जनाएका छन् । काठमाडौ उपत्यकामा सार्वजनिक स्थानमा शौचालय पाउन निकै मुस्किल छ ।

उपत्यकाभर फाटफुट स्थानमा मात्रै शौचालय छन् । जसका कारण अत्याआवश्यक मानिने शैचालय नहुदा यस बिषय निकै ठुलो समस्याको रुपमा देखा परेका छन् । यसै समस्या समाधानका लागि काठमाडौ महानगरपलिकाले विभिन्न योजना अगाडि बढाएको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकमा नवनिर्वाचत मेयर बालेन्द शाह र उनको टिमले उपत्यकाभरी रहेका पेट्रोलपम्प, होटल रेष्टुरेन्टमा रहेका शौचालयलाई सार्वजनिक शैचालय बनाउने योजना अगाडि बढाएको छ ।

कार्यपालिका बैठकमा बडा अध्यक्ष हरुले पनि सहमति जनाएका थिए । महानगरपालिको यस निर्णय झट्ट हेर्दा सम्बन्धित निकायहरु सगंको सहकार्यमा गरिएको जस्तो देखिन्छ । तर, महानगरपािलकाले यो निर्णय गर्नु अघि आफुहरु सगं कुनै पनि परामर्श नभएको भन्दै निर्णय मान्न बाध्य नहुने ब्यवसायीहरु बताउछन । उनीहरु यस्तो निर्णय नागरिक मैत्री भएपनि सर सफाई,सुरक्षा लगायतका कारणले स्वीकार गर्न सक्ने अबस्थामा नरहेको ब्यवसायीहरुको भनाई छ ।

होटल ब्यवसायी संघका कार्यवहाक महासचिव शेरु थापाले महानगरपािलको निर्णय प्रति आपत्ति जनाउदैै आफुहरुको निजि लगानिमा संचालित व्यवासयलाइ असरपर्ने गरि सञ्चालित होटलको शैचालयलाइ सार्वजनिक गराउन नसकिने बताउछन् । रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए । यसका साथै सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काकठमाण्डौं महानगरवासी, #बालेन्द्र शाह

तपाईको कमेन्ट लेख्नुहोस्