Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

महानगर र उपमहानगरमा स्वतन्त्र उमेद्वार हावी,कसले कहाँ जिते र कसले कहाँ जित्दैछन्


काठमाडौं । स्थानीय तहको निर्वाचनको नतिजामा राजनीतिक दलको अवस्था लगभग प्रस्ट भएको छ । एकातिर गठबन्धन दल र अर्कोतिर प्रमुख प्रतिपक्ष दल बलिया देखिएका छन । तर देशभरका ६ वटा महानगरपालिकाको नतिजालाई हेर्ने हो भने गठबन्धनले एमालेलाई राम्रै सँग पछारेको छ भने काठमाण्डौ महानगरले जनताले स्वतन्त्र उम्मेद्वारलाई विश्वास गरेको देखिएको छ । ६ वटा महानगरमध्ये चार वटा महानगरको नतिजा आईसकेको छ । जसमा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका उम्मेदवारले जित हासिल गरेका छन ।

कतिपयलाई जनताले फेरी थप कार्यकालको लागि पत्याएका छन भने केहिलाई भने जनताले अघिल्लोपटक विश्वास गरेपनि यो पटक विश्वास गरेनन । केही महानगरमा भने नयाँ अनुहारलाई जनताले काम गर्ने अवसर दिएका छन । सबैको चासोको बिषय बनेको भरतपुर महानगरमा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेको माओवादी केन्द्रकी नेत्री रेनु दाहालले जित हात पारिन ।

अघिल्लो पटक मतगणनामा विवादमा तानिएर अनुमोदित भएकी रेनुलाई सहज नभएको अनुमान गरिएपनी यो पटक भने अत्यन्तै भारी मतले जित हासील गरिन ।उनले महानगरवासीको शिर नहुरिने गरि काम गर्ने उनको प्रतिबद्धता छ । यता काठमाण्डौ महानगरमा राजनीतिक दलले सोचेभन्दा भिन्न मतपरिणाम आउने देखिएको छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणामलाई हेर्ने हो भने स्वतन्त्र उम्मेद्वार बालेन शाह बलियो स्थितिमा छन । गत स्थानीय तहमा काठमाण्डौंमा एमालेले भारि मतले जित हासिल गरेको थियो ।

उता पोखरा महानगरमा गठबन्धन नै हावी देखिएको छ । एमालेका मतदाता धेरै भएको भनिएको पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्य विजयी भएका छन । यो भन्दा अघिल्लो चुनावमा धेरै मतान्तरले एमालेका उम्मेद्वार विजयी भएको ठाउँमा यो पटक भने गठबन्धनले सिट सुरक्षित गरेको छ ।

मेयरमा विजयी बनेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । त्यस्तै वीरगंज महानगरपालिकाका जनताले यो पटक निवर्तमान मेयर विजय सरावगीलाई अनुमोदन गरेनन । अहिले जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गरेका हुन् । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार एवम् निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन ।

उता बिरटनगर महानगरमा पनि गठबन्धन कै उम्मेद्वार नेपाली काङ्ग्रेसले जित हात पारेको छ । नेपाली काङ्ग्रेसका उम्मेद्वार नागेश कोइरालाले नेकपा एमालेका उम्मेद्वारलाई पराजित गरेका हुन । त्यसो त यो भन्दा अगाडिको चुनावमा पनि नेपाली काङ्ग्रेसले नै बिराटनगरको मेयर जितेको थियो । त्यस्तै ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित निश्चित भएको छ ।

यो सँगै महर्जनले दोस्रोपटक ललितपुरको नेतृत्व गर्ने भएका हुन । उनले एमालेका उम्मेद्वार हरिकृष्ण ब्यन्जनकारलाई भारित मतले पराजित गर्दैछन् । जबकी यो भन्दा अगाडिको चुनावमा पनि यि दुई उम्मेद्वारको नै प्रतिस्पर्धा भएको थियो । समग्रमा हेर्दा महानगरको नतिजामा गठबन्धन बलियो देखिएको छ । अझै दुई महानगरमा त महानगरबासीले निवर्तमान मेयरलाई नै दोस्रोपटकको लागि चयन गरेका छन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गठबन्धन, #प्रमुख प्रतिपक्ष, #स्थानीय तहको निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं