काठमाडौं महानगरमा बालेन साहको जित सुनिश्चित नजिक,कटाए ५० हजार मत
काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको लगभग जित सुनिश्चित भएको छ । मतगणना उत्तरार्धमा पुग्दा उनले दोस्रो स्थानमा रहेकी सिर्जना सिंहलाई २० हजार मतले पछि पार्दै ५० हजार कटाएका छन् ।
हालसम्म महानगरको एक लाख ५० हजार ७ सय २० भोटको गणना भइसकेकोमा बालेनले ५० हजार ९८ मत ल्याएका छन् । मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग उनको झण्डै २० हजार मतको दूरी छ । सिर्जनाले ३० हजार ७ सय ७४ मत ल्याएकी छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका केशव स्थापितको २९ हजार ९ सय ९७ मत आएको छ । काठमाडौंमा कुल १ लाख ९१ हजार १ सय ७१ भोट खसेको थियो । त्यसमा अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी छ । २१ वटा वडाको मतपरिणाम आइसकेको छ भने १० वटाको गणना जारी छ ।
वडा नम्बर १७ को भने मत गन्न सुरु भएको छैन । हाल गणना भइरहेका सबै वडाहरु कोर एरियाभित्रका छन् । तर, कोर एरिया भनिएका वडाहरुमा पनि बालेन साहले नै अग्रता लिइरहेका छन् । अव गणना हुन बाँकी मतमा पनि अन्य उमेद्वारले मत ल्याएपनि जित्न पनि गाह्रो देखिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौ महानगर, #बालेन साह, #स्वतन्त्र उम्मेदवार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्