काठमाडौं महानगरमा बालेन साहको जित सुनिश्चित नजिक,कटाए ५० हजार मत

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको लगभग जित सुनिश्चित भएको छ । मतगणना उत्तरार्धमा पुग्दा उनले दोस्रो स्थानमा रहेकी सिर्जना सिंहलाई २० हजार मतले पछि पार्दै ५० हजार कटाएका छन् ।
हालसम्म महानगरको एक लाख ५० हजार ७ सय २० भोटको गणना भइसकेकोमा बालेनले ५० हजार ९८ मत ल्याएका छन् । मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग उनको झण्डै २० हजार मतको दूरी छ । सिर्जनाले ३० हजार ७ सय ७४ मत ल्याएकी छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका केशव स्थापितको २९ हजार ९ सय ९७ मत आएको छ । काठमाडौंमा कुल १ लाख ९१ हजार १ सय ७१ भोट खसेको थियो । त्यसमा अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी छ । २१ वटा वडाको मतपरिणाम आइसकेको छ भने १० वटाको गणना जारी छ ।
वडा नम्बर १७ को भने मत गन्न सुरु भएको छैन । हाल गणना भइरहेका सबै वडाहरु कोर एरियाभित्रका छन् । तर, कोर एरिया भनिएका वडाहरुमा पनि बालेन साहले नै अग्रता लिइरहेका छन् । अव गणना हुन बाँकी मतमा पनि अन्य उमेद्वारले मत ल्याएपनि जित्न पनि गाह्रो देखिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौ महानगर, #बालेन साह, #स्वतन्त्र उम्मेदवार
ताजा खबर
- १स्थायी कमिटी बैठकमा सबै खाले एजेण्डामा छलफल भयोः जनार्दन शर्मा
- २राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान रहेछः रास्वपा
- ३रास्वपा र राप्रपालाई काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति रोकौं
- ४देश र जनताको हितका लागि राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा
- ५बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
तपाईको कमेन्ट लेख्नुहोस्