भरतपुरको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उमेद्वार रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर भएकी थिइन ।
यसपटक पनि उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पछि पारेकी हुन् । सुवेदीले ३९ हजार ५ सय ८१ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाएका छन् ।
उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराएका छन्। हिमलाको पक्षमा ३० हजार ६ सय १२ मत परेको थियो । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।
नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । ६ वटा वडा नेकपा एमालेले जितेको छ । यसपटक पनि माओवादी केन्द्रले मेयर पद र ३ वटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चित्रसेन अधिकारी, #पुष्पकमल दाहाल, #रेनु दाहाल विजयी, #विजय सुवेदी
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्