वीरगञ्जको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम विजयी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५ सय ५५ मत बढी ल्याएर राजेशमान मेयरमा विजयी भएका हुन् ।
३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा विजयले २३ हजार ६ सय ७१ मत मात्रै पाएका थिए । वीरगञ्जमा एक लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ७५ दशमलव २४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो । अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए ।
तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो भइका थिए । यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् ।
राजेशमान एमालेमा जाने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा गए । विजय कांग्रेसमा जान चाहेपनि वास्था नभएपछि एमालेमा गएर मेयर लडेका हुन् । यस्तै उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९ हजार ५ सय ६८ मतमात्रै पाएका छन् ।
राप्रपाकी चिना जैसवालले ५ हजार ९ सय ८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९ सय ९ मत ल्याएका छन् । वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #राजेशमान सिंह, #वीरगञ्ज महानगरपालिका
ताजा खबर
- १भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- २समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ३ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
- ४अस्ट्रेलियामा आम निर्वाचनः एक करोड ८० लाख मतदाता
- ५भारत गोवाको लइराई देवी मन्दिरमा भागदौड, ६ को मृत्यु, ८० जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्