काठमाडौं महानगरमा बालेनलाई १२ सय मतको अग्रता, स्थापित दोस्रो र सिर्जना तेस्रो स्थानमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले २ हजार ६ सय १ मत पाएका छन् । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १ हजार २ सय मत बढी पाएका छन् ।
स्थापितले १ हजार ४ सय १५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ३ सय ५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।
त्यस्तै, काठमाडौं महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २ हजार २ सय ३२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ सय ४७ मत ल्याएका छन् । यहाँ राप्रपाको ५ सय ४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मतगणना, #स्वतन्त्र उम्मेदवार बालेन
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्