ओलीको नारा समृद्ध नेपाल सुखी नेपाली, अन्य दलका नेताले उच्चारण गर्न नै मान्दैनन्

काठमाडौं । समृद्ध नेपाल सुखी नेपाली एमाले सरकारले लगातार भनिरहने नारा हो । नारा अत्यन्तै लोकप्रिय भएपनि ओली सरकारले साढे तीन वर्ष राज्य सत्ता चलाउँदापनि नारा यथार्थमा परिणत हुन नसकेको आलोचकहरुको भनाई छ । यद्यपि एमालेले समृद्ध नेपाल सुखि नेपाली बनाउन आफनो शासन कालमा ठुलो योगदान रहेको दाबी गरेको छ ।
२०७५ साल चैत २१ गते राष्ट्रिय योजना आयोगलाई १५ औ पञ्चवषिय योजना माफर्त तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखि नेपालीको नारालाई दस्तावेजिकरण गर्न लगाएका थिए । परिष्कृत तथा मर्यादीत जीवन,सभ्य र न्यायपुर्ण समाज ,स्वस्थ र सन्तुलन पर्यावरण,सुशासन तथा विकास लगायत ९ बुदामा समृद्ध नेपाल तथा सुखि नेपालीको नारा समेटीएको छ । यो नारा अहिले पनि एमालेले महत्वका साथ उठाउने गरेको छ ।
एमालेले समृद्ध नेपाल र सुखि नेपालीको नारा तय गरेर विकास र समृद्धीमा फडको मारेको बताइ रहदा साढे तीन वर्ष राज्य सत्ता संचालन गरेको एमालेले ठोस काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । समृद्ध नेपाल र सुखि नेपालीको नारा नारामा मात्र सिमित भएको र एमालले यो नारालाई मागि खाने भाडो बनाएको भन्नेहरु पनि छन । नेपालमा ठुलो राजनीतिक परिवर्तन भएपनि जनताको आर्थिक हैसियत माथी उठ्न सकेको छैन । मुठठीभर मानिस र राजनीतिक दलका नेताका नातेदार तथा आसेपासेको जीवन स्तर माथि उठेपनि बहुसंङखेक सर्वसाधरण जनताको जीवन स्तर खस्कदो छ ।
जनतालाई आकर्षित गर्न स्थानिय चुनावको मुखमा आएर अहिले पनि राजनीतिक दलहरु सस्तो लोकप्रीयताका लागि पुरा गर्न नसकिने नाराहरुको चर्को रुपमा रटान गर्न छाडेका छैनन् । तर, सत्तारुढ दल हुन् या अन्य दलहरुले ओलीको नारालाई मतलव नै गर्दैनन् । उनीहरु कार्यक्रम होस् या आफनो सभा सम्मेलन कतै पनि यो नारा उच्चारण नै गरेको देखिदैन । ओली एक्लैले यो नारा दैनिक सुनाएर पूरा हुन्छ त समृद्ध नेपाल सुखी नेपाली नारा ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमाले सरकार, #राष्ट्रिय योजना आयोग, #समृद्ध नेपाल सुखी नेपाली
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्