सर्बोच्चले माग्यो जवराबिरुद्ध लगाइएको महाअभियोगको कागजात
काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।अधिवक्ता पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार संवैधानिक इजलास राणाविरूद्धका कागजात पेस गर्न आदेश दिएको हो ।
संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसी छन् । गत फागुन १ गते सत्तारूढ दलका ९८ सांसदले राणाविरूद्ध महाभियोग दर्ता गरेका थिए। राणाविरूद्धको महाअभियोग असंवैधानिक भन्दै अधिवक्ता खतिवडाले रिट दायर गरेका थिए।
संसदमा महाअभियोग दर्ता भएर महाअभियोग सिफारिस समिति गठन भएको छ। समिति गठन भएपनि राणामाथिको छानबिन सुरू भएको छैन। संसद स्थगित गरेर दलहरु चुनावमा केन्द्रीत भएका कारण उनको कारवाही अघि बढ्न सकेको छैन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चोलेन्द्रशमशेर राणा, #सर्वोच्च अदालत
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्